मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बेथानचोक छिर्के-लुकुवा मोटर बाटो शिलान्यास

Thearaniko Times 1394+ समाचार ( )
२० पौष २०७९, बुधवार

बेथानचोक। काभ्रेको बेथानचाेक गाउँपालिका वडा नम्बर ५ स्थित छिर्के- पनाैती नपा-११, लुकुवा माेटर बाटाे आज एक समारोहका बीच शिलान्यास भएको छ।

शिलान्यास कार्यक्रममा बेथानचोक गाउँपालिका -५ का वडाध्यक्ष राजकुमार वाइबा र पनौती नगरपालिका -११ का वडाध्यक्ष विपेन्द्र लामाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो।

शिलान्यास कार्यक्रममा बेथानचाेक वडा नम्बर ५ का अध्यक्ष राजकुमार वाइवाले याे छिर्के- लुकुवा माेटरबाटाे खाेल्न सकेकाे खण्डमा यहाँका जनताले छाेटाे दुरीमा आवतजावत गर्न पाउने भन्दै किसानकाे बारीमा फलेको तरकारी, फलफुल बजारसम्म लैजान सजिलो हुने बताउनु भयो । वडाबासीकाे विकासकाे चाहानामा आफू सधै  लागिरहने बाचा गर्दै अध्यक्ष वाइवाले आगामी दिनमा  गाउँपालिकाबाट पनि बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष बिपेन्द्र लामाले विकास सबैको आवश्यकता रहेको बताउँदै जनताले उपभाेग गर्ने सेवा सुबिधामा सधैं आफ्नो सहयोग रहने बताउनुभयो । यो पार्टी उ पार्टी नभनि संयुक्त रूपमा बाटो शिलान्यासकाे कार्यक्रम गर्न पाउँदा अपनत्व महशुस भएको भन्दै अध्यक्ष लामाले खुशि व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेकपा माओवाद केन्द्रका नेता पेमा लामाले विकास निर्माणकाे कार्यमा फरक दल र बिचार नभनि एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

नेपाल सरकार बाग्मती प्रदेशकाे १० लाख ७ हजार ५९७ लागतमा अल्छे भञ्ज्याङ - छिर्के - लुकुवा २ किलोमिटर  माेटर बाटो निर्माण हुन लागेको हो । गत वर्ष पनि बाग्मती प्रदेशकाे १० लाख सहयोगमा लुकुवाबाट १ किलोमिटर ट्रयाक खुलिसकेकाे छ। यस वर्ष छिर्केबाट लुकुवा तर्फकाे ट्रयाक खाेल्ने कार्यकाे सुरुवात गरिएको हो ।

समाजसेवी टीकाप्रसाद हुमागाँइकाे सञ्चालनमा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्ग, सबै दलका प्रतिनिधिहरु, माेटर बाटो उपभोक्ता समितिका अध्यक्ष रेशमबहादुर तामाङ लगायत समितिका सदस्यहरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीयकाे बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार