मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

कृषि ज्ञान केन्द्रद्वारा उत्कृष्ट कृषक पुरस्कृत

Thearaniko Times 1375+ समाचार ( )
२८ पौष २०७९, बिहीबार

 गणेश आचार्य/  धुलिखेल 

 कृषि  ज्ञान केन्द्र काभ्रेपलान्चोक  बाग्मती   प्रदेशले   जिल्ला स्तरिय  उत्कृष्ट ६ जना कृषकहरुलाई  पौष २६ गते बुधबार एक कार्यक्रमका  वीच   पुरस्कार   वितरण    गरेको छ।

  बिगत लामो  समयदेखि निरन्तर कृषि  क्षेत्रमा  गरेको  कडा मिहेनत  र  योगदानको  उच्च मुल्यांकन  गर्दै  उत्कृष्ट  ६ जना कृषकलाइ  जनही नगद १५,००० सहित सम्मान  पत्र प्रदान  गरिएको थियो।   सम्मानित हुनेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का झलक प्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य रहेका छन। 

कृषि ज्ञान केन्द्र काभ्रेले उत्कृष्ट कृषक छनौटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो । सोहि मापदण्डका आधारमा काभ्रेपलाञ्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेका थिए ।

मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिनुभयो ।

 जिल्ला समन्वय  समिति काभ्रेका  दिपक गौतमको  प्रमुख आतिथ्यताम भएको  उक्त कार्यक्रममा  कृषि  ज्ञान केन्द्र काभ्रेका प्रमुख तेज प्रसाद दवाडी,  कृषि प्रसार अधिकृत  उमा श्रेष्ठ भेटेरिनरी अस्पताल  तथा पशु सेवा बिज्ञ केन्द्रका  प्रमुख राजकुमार  हुमागाइ लागायतले    कार्यक्रमका  बारेमा  बोल्दै  मिहेनती  कृसकहरुलाइ  हौसलास्वरुप  यो कार्यक्रम  निरन्तर रहने   बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार