मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


धुलिखेल–खाबा सडकमा ७ दिनभित्र द्रुतगतिमा कार्य सञ्चालन नगरे संझौता रद्द गर्ने निर्णय

Thearaniko Times 1375+ समाचार ( )
२८ चैत्र २०७९, मङ्गलबार

धुलिखेल/काभ्रेपलाञ्चोकस्थित् अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक बिस्तारको काममा ढिलाइ भएपछि डिभिजन कार्यालय भक्तपुरले कारवाहीको तयारी गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय, धुलिखेल आयोजना गरेको सरोकारवालाहरु बीच भएको छलफलमा डिभिजन प्रमुख मेघराज मरासिनीले उक्त कुराको जानकारी दिनुभएको हो । डिभिजन प्रमुख मरासिनीले भन्नुभयो–‘पटक पटक लिखित र मौखिक रुपमा ताकेता गर्दा पनि ठेकेदार संपर्कमा नआएकोले बाध्य भई ३ दिने स्पष्टीकरण सोधेका थियौं । स्पष्टिकरण पनि चित्तबुझ्दो आएन । उहाँले अगाडि भन्नुभयो –अब ७ दिन हेछौं, ७ दिनभित्र चित्तबुझ्दो गरी तिव्रगतिमा काम गरेन भने कारवाही अगाडि बढाउनेछौं । संझौता रद्ध गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारवाही अगाडि बढाउनेछौं ।

विभिन्न राजनीतिक दल र सञ्चारकर्मीको सोधेको प्रश्नको जवाफ दिंदै ७ पटक पत्र काटेर बोलाउँदा पनि विभिन्न बहाना बनाएर संपर्कमा नआएको भन्नुभयो । अब आजित भइसक्यौं कारवाही गर्नुको विकल्प रहेन ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्माण कम्पनीलाई ७ दिनको समय दिएको छ ।  प्रजिअ पौडेलले ७ दिनभित्र स्तरोन्नतिको कामले गति नलिए जस्तोसुकै कारवाही गर्न पनि पछि नहट्ने बताउँदै खाल्डो पुरेर यातायात सहज बनाउन डिभिजन कार्यालयलाई अनुरोध गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको छलफलमा धुलिखेल खाबा सडकको  हालको ठेकेदारबाट हालसम्म उल्लेखनीय काम हुन नसकेको हुँदा आजको ७ दिनभित्र द्रुतगतिमा कार्य सञ्चालन गर्ने अन्यथा कन्ट्याक्टरबाट काम हुन सक्ने अवस्था नरहेको हुँदा ठेक्का रद्द गर्ने तर्फ अग्रीम कारवाही गरी सडक विभागको पहलमा कम्तीमा खाल्डाखुल्डी पुर्ने काम गर्ने निर्णय गरेको छ । यसैगरी सवारी साधनले तोकिएको भन्दा बढी भार बोकेका कारण सडक दुर्घटना हुने र सडक समेत बिग्रिने हुँदा तौल पुल सञ्चालनमा ल्याउन कारवाही अगाडि बढाउने निर्णय गरेको छ । विभिन्न राजनीतिक दल, सरोकारवाला संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा भएको छलफलमा विद्यार्थी र जेष्ठ नागरिकलाई नेपाल सरकारद्वारा तोकिएको सहुलियत उपलब्ध गराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रू २० करोड १९ लाखमा सम्झौता गरिएको थियो ।

निर्माणको सुरु भएको दशमहिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रा.लि.बीच सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्को खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ । कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको डिभिजन प्रमुख मरासिनीको भनाइ छ ।

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो । सम्झौता अनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार