बिहान स्कुल समयमा एउटा कृति हातमा परेथे। ड्रोयरमा राखे । अचेल पुस्तकहरु देख्दा उतिसाह्रो पल्टाउने जाँगर चलि नहाल्न पनि सक्छ, यसै भयो ।
बेलुका फर्किने बेला त्यही पुस्तक झेपमा बोक्ने झोलामा छिराए । निजानात्मक निबन्धसंग्रह बेरीतका रीतहरु । क्यानभासमा धानचुलि हिमालको अगिल्तिर उभिएका शालिन तस्वीर सहितको कभरपेजलाई ओल्टाई पल्टाई गरे । कभरपेजको अर्को साइटले अलि बडि नजिक पुर्यायो ।
"रीता न्यौपाने " खाँडादेवी मा बि र हेमराज पहारी ।
यी तिनैवटा शब्दले हो, कृतिभित्र के छ भन्ने कौतुहल्ताले एकैचोटि लपेटिएको/चिमोटिएको ।
- ०७९ सालतिर नेपाली बामपंथी आन्दोलनका एक अध्येता मोहन दुवालसँग जनमत वाङमयको छिंडीमा बसेर गफ गर्दै गर्दा उहाँ हेमराज पहारीको लागि केही पान्डुलिपी लेख्दै हुनुहुन्थ्यो । सायद "उत्तरी गोलार्धमा एक फन्को" र थोरै तेतै सुनेको नाम हो हेमराज पहारी । तर उहाँको निधनको कुरा बेरीतका रीतहरु हेरेपछि मात्र थाहा पाए ।
तपाईहरु नयाँ पुस्तक कसरी पढ्नु हुन्छ ? म चाहि मेलैसङ्ग कुनै कृतिहरु नहेर्ने बानि छ ।
पछिल्तिरबाट पल्टाय खाँदादेवी स्कुल स्थापनाको प्रसङ्ग, सरल तरिकाले निक्कै गह्रुँगो कुरा उठाउनु भएको रहेछ । बिद्यालय स्थापनाको यो तहसम्मको योगदानलाई उच्च सम्मान छ यहाँलाई । स्कुलको विगतमा पुगेर सम्झे संस्थापक नारायण प्रसाद न्यौपाने, आदरणीय गीता म्याम, यहाँको माटोमा संधै भरी सुगन्ध छरिरहने ती अमूल्य योगदानलाई हामी यही स्कुलका विद्यार्थी भएकै नाताले पनि ससत् नमन भन्न चाहे ।
- यहाँले बसालेको स्कुल स्थापनाको सपना अहिले प्राविधिक विद्यालयसम्म पुगेको छ । प्राविधिक बिद्यालय बनाउन झोलाभरी डकुमेन्ट बोकेर मन्त्रालयको आँगनहरु डुलेको मेरो विगत र बिन्तिपत्रको प्रसङ्ग एक फेर सम्झें । ओहो त्यो समय साँच्चैको ऎतिहासिक त थियो नै, अनेकौ भौतिक कठिनाइहरु पनि थिए होलान । वस्तुतः यहाँहरुले बसालेको एउटा जगमाथी हामीले पनि योगदानका एक थोप्पा पसिना खसाल्न पाएँ, खुशी लाग्यो ।
- पछिल्लो समय जगदीश घिमिरेको अन्तरमनको यात्राले धेरै मन कोतरेको थियो मलाई । यसै पनि निजानात्मक निबन्ध खास कमै पढ्ने कृतिहरु मध्ये एक हुन मेरोपनि । मलाई चिंनियाँ उपन्यासहरुले तानेर नेपाली साहित्यमा रुचि जगायो हाल कवितामा प्रेम खोज्दै हिड्ने यायावर हुँ भन्न रुचाउँछु आफुलाई । यसै पनि समकालीन नेपाली निबन्धहरुमा आत्मपरक निबन्धलाई भने पढ्नेसुची मै राख्छु म । निजात्मकता र वैयक्तिकतामा आफूलाई नढाँटीकन आफ्ना विचार, चिन्तन, अनुभूति र दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । मलाई खुलस्त मान्छे ज्यादा रुचिकर लाग्छ् ।
- अर्पण उत्कर्ष
बीचतिरको एउटा चिर्कटोमा औंला अल्झ्यो । शीर्षक के थियो हेरिन । शब्दहरुमा आँखा डुलाए । नेपाली साहित्यमा सुनेकै नामहरु मेन्सन देखे । अलिबेर डुलिरह्यो । सरल शैलीमा आफ्ना कुराहरु घटनाक्रमसँग तादम्य मिलाएर बगिरहेको देखे । कुदिरहेको देखें । कतै भने मज्जाले अल्झेको जस्तो । लेखक स्वयम् परिस्थितिको बिकल्याँडोमा फसिरहेको जस्तो । शब्दहरुले तानिरहने,
एउटा शीर्षक " शिवसायज्युको प्रार्थना,
बिषयबस्तु कमसल जस्तो लाग्ने तर प्रसङ्ग रोचक रहेछ। पुरुष प्रधान मानसिकताले कसरी वर्तमान समाजमा एउटा घटकलाई प्रदर्शित गरिरहेछ भन्ने प्रतिविम्ब बोकिरहने ऎना जस्तो।
- पोखराको साहित्यक कार्यक्रमहरुमा बेलाबखत पुग्थे । कार्यक्रममा कम र घुमफिर ज्यादा हुन्थ्यो ज्यान । हामी फेवाको माथिल्लो माझिकुनोतिर कतै चिया अड्डामा बसेर आजको वक्ताहरुके के-के बोल्छन भनेर पुर्ववत् धारणा बनाउँथे । साहित्यिक जगतमा एउटा प्लाटफर्म छ कित्ताकाट र छाँटकाट । रोप्ल्पाको एउटा साहित्यिक साँझमा नाम चलेकै विद्वत लेखकहरु यसरी तंछाड मछाँड गरेको देखेर दुइतिरकै हो मा हो मिलाउँदै सितन चपाउनेमा चै हामी नयाँ पुस्ता पर्ने रहेछु । ज्याकडेनलको टकिला सट हान्नेमा त उहाँहरुनै पर्ने रहेछ ।
यस्तै बेरीतका रीतहरुभित्र लेखक स्वंयमले बेहोरेको अनेकन दिग्गजहरुको छद्मभेषी किचाईलाई सुषुप्त तर विद्रोहको मुलायम भाषामा गरेको प्रतिरोधको यो शैली मीठो लाग्यो मलाई ।
प्रीय दिदी,
लेखिरहनु गहिरो शुभेच्छा छ । "महिला र यात्रा, मसिना कुरा ठुला सास्ती, आँसुको चाडबाड, सम्झनामा कृष्ण पहारी, एकल पुरुष " जस्ता शिर्षकमा अविब्यक्त यहाँको सरल लेखनशैलीले मन चिसो बनायो पक्कै ।
कुनैदिन भेटियो भने प्रसंगहरुको बाँकी प्रश्नहरु तपाईंलाई नै सोधम्ला भन्ने इच्छा पनि छ । हैन भने यो सुदुरपुर्वी नाग्रे गगर्चेको यो माटोको गन्ध शब्दहरुमा उनेर हरेक किस्सालाई अमर र अजर बनाउने तपाइको यो कृतिलाई उच्च सम्मान छ ।
जीवन त हजुरले लेख्नु भए जस्तै बेठितका यादहरु नै हुन् । भोगाइको किनाराहरु मात्र फरक होलान् ।
पोखरा हुँदै बाग्लुङ ढोरपाटन जाँदा होस या बेनि हुँदै जोमसोम या चापाकोट र पंचासेको सानो उकालो उक्लिंदा होस् या घान्द्रुकको चिसो सेक्न होस अब पोखरा झर्दा सम्झने बहाना हुनेछ एउटा कृति बेरीतका रीतहरु र हेमराज पहारी स्मृति प्रतिष्ठान ।
फेवा किनारै किनार साइकल कुदाउँदै हिड्ने साथीहरुसँग दौडिरहँदा वा हेम्जा पुरन्चौरको खोला किनारतिर खेतको डिलै डिल बरालिंदै हिड्दा सम्झनेछु । पोखरा झर्ने एउटा बाहाना बन्ने छ जरुर बेरीतका रीतहरु ।
२०८१/०९/२६ ( नाग्रे गगर्चे ,काभ्रेपलान्चोक )