मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

फाल्गुन १३ बाट काभ्रेमा दादुरा–रुबेला एकिकृत खोप अभियान

Thearaniko Times 1375+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

धुलिखेल/काभ्रे पलाञ्चोकमा फागुन १३ बाट दादुरा–रुबेला एकिकृत खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ।

जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका जनस्वास्थ्य अधिकृत तथा निमित्त प्रमुख अनिता खनालले जानकारी दिए।

दादुरा/ रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानकैसंगै छुट भएका अन्य नियमित खोप पनि लगाइने समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले जानकारी दिइन् ।

खनालका अनुसार, अभियान अन्तर्गत ९ महिनादेखि ५ बर्षसम्मका २३ हजार ९ सय ९ सय ५८ बालबालिकालाइ दादुरा/ रुबेला विरुद्धको खोप लगाइनेछ ।

खानीखोला र महाभारत बाहेकका स्थानीय तहमा पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप लगाएपछि व्यक्तिमा हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि ५ जना मेडिकल अधिकृतसहितको टोली तयार रहेको खनालले जानकारी दिइन् ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन पदमराज कैनीका अनुसार, ३ सय ९३ खोप केन्द्रमा ३ सय ९३ खोपकर्ता र ७ सय ८६ स्वंयमसेवक परिचालन गरिएको छ ।

अभियान सफल बनाउन स्वास्थ्य कार्यालय काभ्रेले अभियानमा सहभागी हुने पालिका र वडा खोप समन्वय समिति, पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, जिल्लास्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरिसकेको छ।

गत वर्ष नेपालमा एक हजार तीन सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि खोप अभियानको सुरुवात गरिएको हो। बाँके जिल्लाबाट प्रकोप फैलिएर देशभर भएको र सन् २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य अधिकृत खनालले बताइन्। थापाले ०४५ सालबाट खोप सुरु भएको र हालसम्म कुनै जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिन्। 

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले लक्षित वर्ग नछुट्याइ अभियान सञ्चालन गर्न अनुरोध गरे ।

जिल्ला खोप समन्वय समितिका सदस्य समेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अभियान सफल पार्न सबैको हातेमालो आवश्यक भएको भन्दै अवान्छित घटना हुन नदिन सबै तयारी अवस्थामा रहनुपर्ने बताइन् । प्रजिअ शर्माले अभियानमा सहभागी र सहयोगी बन्न सबै पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गरे। यो अभियानमा जिल्लाका ठूला विकास निर्माण भइरहेका स्थलहरूमा रहेका बालबालिकाको तथ्यांक यकिन गरेर अभियानमा पूर्णतया समाहित गर्ने योजना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार