मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पत्रकार महासङ्घमा काँग्रेस-एमाले संयुक्त प्यानल, विद्रोही उम्मेदवार विष्टलाई माओवादीको साथ
पत्रकार महासङ्घमा काँग्रेस-एमाले संयुक्त प्यानल, विद्रोही उम्मेदवार विष्टलाई माओवादीको साथ

Thearaniko Times 1394+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं/नेपाल पत्रकार महासङ्घको नयाँ कार्य समिति चयनका लागि मङ्सिर २८ गते मतदान हुँदैछ। शुक्रवार उम्मेदवारी दर्ता गरेकाहरूको शनिवार अन्तिम नामावली प्रकाशन भएको छ। चुनावमा सत्ता पक्षी, विपक्षी र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन्।

सत्तारुढ काँग्रेस एमालेको संयुक्त प्यानल बनेको छ भने माओवादी सहितका विपक्षी गठबन्धनले अध्यक्षमा काँग्रेसबाट विद्रोह गरेका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन्। अध्यक्षदेखि सदस्यसम्म नै दल बिनाका स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्।

महासङ्घको निर्वाचन समितिले शनिवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। नयाँ कार्यसमितिका लागि तीन सदस्य निर्विरोध निर्वाचित भएका छन्। आदिवासी जनजाति सदस्य महिलामा देवीका घर्ती मगर, दलित महिला सदस्यमा रिता बुढाथोकी र दलित सदस्य महिलामा सावित्री रसाइली निर्विरोध निर्वाचित भएका हुन्।

महासङ्घको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी कायम भएको छ। देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद चौलागाई, दीपक आचार्य र रोशन पुरी उम्मेदवार छन्।

महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल) र नितु पण्डितको उम्मेदवारी कायम भएको छ। समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन्द, मोहन कुमार सिंह र सुभाष प्रसाद साह उम्मेदवार छन् भने महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, राम प्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ। खुल्ला सचिवमा माधव दुलाल, उत्तर सिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी र रमेश खतिवडाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार