मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बाढीपहिरोको पीडित बालबालिकालाई सहयोग
खानीखोलाका बाढीपहिरो पीडित बालबालिकालाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग

Thearaniko Times 1375+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

बनेपा । पोर्चुगलमा रहेका गायिका रितु अधिकारीको सक्रियतामा नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ ।

खानीखोला निवासी अधिकारी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गर्दै आउनुभएको छ । आफ्नो जन्मभूमिमा बाढीपहिरोले समस्या पारेको खबर पाएपछि उहाँको सक्रियतामा संकलन भएको रकमबाट अतिप्रभावित क्षेत्रमा रहेका विद्यालय जाने ३० जना बालबालिकाहरुलाई सहयोग स्वरुप विद्यालय पोशाक(सर्ट र पाइन्ट)को लागि कपडा र कापी सिसाकलम र डटपेन लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको सामाजिक अभियन्ता राजन अधिकारीले बताउनुभयो । सो क्रममा खानीखोलाकै युवा उद्धव अधिकारी र अन्य सहयोगी व्यक्तिहरुहरुले सहयोग उपलब्ध गराएको अधिकारीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले विदेशी भूमिमा रहेर पनि विपद्को वेलामा आफ्नो जन्मभूमिमा रहेका बासिन्दाको सहयोगको लागि पु¥याएको सहयोग अतुलनिय रहेको भन्दै प्राप्त सामग्रीलाई पीडितको घरसम्म पु¥याउने बताउनुभयो । सहयोगी संस्था र व्यक्तित्वहरुले गरेको सहयोगलाई एक ठाउँमा जम्मा गरेर राखेको र त्यसलाई छिट्टै वितरण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । विशेषगरी प्राप्त सामग्री खानीखोला गाउँपालिका वडा नं. ५, ६ र ७ का बाढीपहिरो प्रभावित बालबालिकालाई वितरण गर्ने जनाएको छ । विद्यालय पोशाकलाई सिलाईको व्यवस्था गरी वितरण गर्ने भएको छ ।

अझै गाउँपालिकाको केन्द्र जोड्ने सडक केही दिनमा नै खुल्ने भएकाले यातायातको साधन सञ्चालन भएपछि वितरण गर्ने गाउँपालिकाले जनाएको छ । बाढीपहिरोबाट खानीखोला गाउँपालिकाको वडा नं. १, ५, ६ र ७ मा गरी करिब ४५ घर पूर्ण क्षति भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार