मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

गुफाडाँडामा ‘पत्रकार पदयात्रा–२’ सम्पन्न
जलवायु सचेतनाको सन्देशसहित १०० बढी सञ्चारकर्मीको सहभागिता

Thearaniko Times 1394+ समाचार ( )
२९ असार २०८२, आइतबार

मेलम्ची, सिन्धुपाल्चोक । जलवायु परिवर्तनको प्रभावप्रति जनचेतना फैलाउने उद्देश्यसहित सम्पादक समाज नेपालले आयोजना गरेको ‘पत्रकार पदयात्रा–२’ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा शनिबार सम्पन्न भएको छ।

काठमाडौंबाट करिब ५४ किलोमिटर टाढा अवस्थित गुफाडाँडाको पदयात्रामा काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न सञ्चार माध्यमका १०० भन्दा बढी पत्रकार सहभागी भएका थिए।

गत वर्ष नुवाकोटको शिवपुरीस्थित लौके झरनामा पदयात्रा गरेको सम्पादक समाजले यसपटक गुफाडाँडालाई रोजेको हो। आयोजक संस्थाका महासचिव श्याम डोटेलका अनुसार, गुफाडाँडाको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र इतिहासलाई उजागर गर्नु कार्यक्रमको उद्देश्य हो। उनले स्थानीय उत्पादन र परिकारलाई स्थानीय पहिचानको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिए।

गुफाडाँडा प्राकृतिक सौन्दर्यले भरिएको रमणीय स्थल हो। २०७५ साल पुस १६ र १७ गते यहाँ आयोजित जलवायु सम्मेलन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। सम्मेलनमा देशभरका प्रतिनिधि सहभागी भएका थिए र १० बुँदे घोषणापत्र जारी गर्दै जलवायु सम्बन्धी दीर्घकालीन रणनीतिहरू अगाडि सारिएको थियो।

राजनीतिक उपेक्षा र स्थानीय प्रतिबद्धता

पछिल्लो समय बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा समेत गुफाडाँडा पुग्नुभए पनि प्रदेश सरकारले बजेट विनियोजन नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुनासो गरे। तर नगरपालिकाले यो वर्ष गुफाडाँडाको विकासका लागि २ करोड रुपैयाँको बजेट छुट्याएको जानकारी उनले दिए।

मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको ऐतिहासिक र पर्यटकीय महत्त्वबारे प्रकाश पार्दै त्यहाँसम्मको सडक विस्तार र ७७ वटै जिल्लाका झण्डालाई व्यवस्थित राख्ने योजना रहेको बताए। उनले त्यहाँबाट देखिने हिमशृङ्खलाले गुफाडाँडालाई थप आकर्षक बनाएको बताए।

स्थानीय विद्यालयमा समापन कार्यक्रम

स्थानीय क्याैलेठाना आधारभूत विद्यालयमा समापन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले पत्रकारिता क्षेत्र सधैं गुफाडाँडाको विकास र प्रवर्द्धनका लागि अग्रसर रहने प्रतिबद्धता जनाए।

पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत उल्लेख्य पत्रकारहरूको उपस्थिति रहेको थियो।

सहयोगी संस्थाप्रति आभार

कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, मेलम्ची नगर प्रमुख आइतमान तामाङ, मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्का र शिखर इन्स्योरेन्स कम्पनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ। पत्रकार पदयात्राको स्वागत समारोह शंखरापुर नगरपालिकाले आयोजना गरेको थियो।

सम्पादक समाज नेपालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै