मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राजनीति
सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण

Thearaniko Times 1394+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

भक्तपुर — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाले भक्तपुर क्षेत्र नं. २ को पार्टी कार्यालयमा आइतबार विशेष भ्रमण गरेका छन्। भ्रमणको क्रममा सभापति देउवाले स्थानीय नेता-कार्यकर्ताहरूसँग आत्मीय भेटघाट गर्नुका साथै पार्टी संगठनलाई अझ सशक्त बनाउने विषयमा मार्गनिर्देशन प्रदान गरे।

सभापति देउवाले कार्यकर्ताहरूको मनोबल उच्च बनाउने खालको सम्बोधन गर्नुका साथै संगठनभित्र देखिएका चुनौती र सम्भावनाहरूबारे खुलेर छलफल गर्ने अवसर समेत दिनुभयो। उहाँको उपस्थितिले क्षेत्रीय कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपिएको नेताहरूले बताएका छन्।

यो महत्वपूर्ण भेटघाटको समन्वय र सम्भव बनाउने कार्यमा विशेष भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय विमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति माननीय दुर्लभ थापा र सभापति देउवाका स्वकीय सचिव भानु देउवाप्रति क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले हार्दिक आभार प्रकट गरेका छन्।उक्त विशेष कार्यक्रममा कार्कीले सभापति देउवाप्रति आभार ब्यक्त गर्दै देउवा र निधिलाई मायाँको चिनो काँग्रेसको चार तारे झण्डा प्रदान गर्नुभयो ।

क्षत्रिय सभापति कार्कीले देउवा जस्तो शीर्ष नेताको सन्देश र साथ पाउनु क्षेत्रीय संगठनका लागि प्रेरणादायक भएको बताएका छन्। उनले आगामी दिनहरूमा संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार