मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

किरण गौतम र अर्चना स्याङ्तानको सुमधुर स्वरमा 'अल्लारे´नि
किरण गौतम र अर्चना स्याङ्तानको सुमधुर स्वरमा 'अल्लारे´

Thearaniko Times 1372+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं/लोकप्रिय नेपाली लोकदोहोरीको क्षेत्रमा एउटा विशेष स्थान बनाएका किरण गौतम र अर्चना स्याङ्तानको स्वरमा "अल्लारे" गीत हालै सार्वजनिक भएको छ। जसले  नेपाली लोकगीतको मौलिकतालाई निरन्तरता दिँदै गाउँले परिवेशको प्रेम र जीवनशैलीलाई मनोरञ्जक रूपमा प्रस्तुत गरेको छ।

गीतका गायक/गायिका किरण गौतम र अर्चना स्याङ्तानको सुमधुर स्वरले गीतलाई जीवन्तता दिएको छ। किरणको शक्तिशाली आवाज र अर्चनाको मिठासपूर्ण स्वरबीचको तालमेलले गीतमा थप गहिराइ थपेको छ।

गीतका शब्दकार पुष्कर चौलागाईं र बालचन्द्र घोरासैनीले लेखेका लयात्मक शब्दहरू अत्यन्त सरल, आकर्षक, र जनजीवनसँग नजिक छन्। उनीहरूको लेखनशैलीले गीतलाई मनमोहक बनाएको छ, जसले सुन्नेलाई लोकजीवनको वास्तविकता महसुस गराउँछ। विशेष गरी गाउँघरमा प्रयोग हुने भाषा र शब्दावलीले गीतलाई जनतामाझ अझ प्रिय बनाएउने छ भन्न ठोकुवा साथ भन्न सकिन्छ।

संगीत पनि गीतको अर्को सबल पक्ष हो, जुन पुष्कर चौलागाईंले नै तयार गरेका हुन्। उनी लोकसंगीतमा निपूर्ण सर्जकका रूपमा चिनिन्छन्, र यसपटक पनि उनले श्रोताहरूलाई निराश पारेका छैनन्। बिष्णु तामाङको संगीत संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ। 

गीतको भिडियो पनि अत्यन्त मनोरञ्जक र आकर्षक रहेको छ। निर्देशक निरेन श्रेष्ठले प्रेमिल जोडीको जीवनशैली र प्रेमकथालाई सरल तरिकाले प्रस्तुत गर्न सफल भएका छन्। गीतको कोरियोग्राफी नितिन वाइबाले गरेका छन्, जसमा कलाकारहरूको सुन्दर नृत्यले थप रंगीनता दिएको छ। विशेष गरी दीपेन्द्र सोनाम, अस्मिता रोका, र माया गुरुङले भिडियो अभिनय गरेका छन्। अभिनयले गीतलाई कथा रूप दिन सफल भएको छ, जसले गीतलाई सुन्ने मात्र होइन, हेर्न पनि उत्तिकै आनन्ददायक बनाएको छ।

छायांकन चक्र बी. बरालले गरेका छन्, जसले भिडियोको दृश्यलाई अत्यन्तै सुन्दर बनाएका छन्। भिडियोको सम्पादन, कलर, र पोस्टरको जिम्मेवारी विष्णु खड्काले सम्हालेका छन्, जसले भिडियोको सम्पूर्ण गुणस्तरलाई उच्च स्तरमा पुर्याएको छ। मोहन लामाले मेकअपमा उत्कृष्ट काम गरेका छन्, जसले कलाकारहरूको प्रस्तुति अझ निखारिएको छ।

गीतको सम्पूर्ण पोस्ट-प्रोडक्शन कार्य रॉयल मुभिज प्रालिले गरेको छ। विशेष धन्यवादको श्रेय भने अमर इङ्लिश सेकेन्डरी स्कूललाई दिइएको छ, जसले भिडियोमा स्थानको सुविधा उपलब्ध गराएको छ।

"अल्लारे" गीत नेपाली लोकदोहोरी क्षेत्रका लागि उत्कृष्ट योगदान हो। शब्द, संगीत, स्वर, र भिडियोको उत्कृष्ट संयोजनले यसलाई विशेष बनाएको छ। यो गीतले गाउँले जीवनको यथार्थतालाई लोकसंगीतमार्फत प्रस्तुत गर्ने क्रमलाई अझ सशक्त बनाएको छ, जसले नेपाली लोकसंगीतको भविष्य उज्ज्वल देखाएको छ।

https://youtu.be/e3WwuFCFd4c?si=Ulw4ec2OwJn7O7ws

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार