मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

महिला राजनीतिक रुपमा सचेत हुनु भनेको परिवार र सिंगो पुस्ता नै सचेत हुनु हो - नेता विशंखे

Thearaniko Times 1401+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

बनेपा । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बनेपा नगर कमिटीले ‘सांस्कृतिक रुपान्तरण आफैबाट सुरु गरौं, तीज पर्वलाई क्रान्तिकारी उपयोग गरौं’ भन्ने नाराका साथ तिज मनाएको छ।

बनेपामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व सांसद अञ्जना विशंखेले महिला राजनीतिक रुपमा सचेत हुनु भनेको परिवार र सिंगो पुस्ता नै सचेत हुने भएकाले महिलाहरु आफै पनि राजनीतिक र सामाजिक जागरणको अभियानमा सहभागिता जनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले महिलालाई पनि राजनीति र समाजका हरेक विकास निर्माणको काममा सहभागिता गराउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले महिलालाई सधैं मनोरञ्जन र विलासी वस्तुको रुपमा मात्रै प्रयोग गरिरहेको समाजबाट माथि उठेर अधिकार सम्पन्न गराउने काममा नेकपा माओवादी जनयुद्धले गरेको उहाँले बताउनुभयो । ‘हामीले जनयुद्धबाट महिलालाई जनमुक्ति सेनामा भर्ति गरेर समाजको विकृति र विसंगतीको विरुद्धमा परिवर्तनका लागि बन्दुक बोकेर युद्ध लडेपछि मात्रै सरकारले सेना र प्रहरीमा महिलालाई सहभागि गराएको कुरा विर्सनै सकिदैन ।’ उहाँले भन्नुभयो, ‘त्यससंगैको अर्को सफलता भनेको समानुपातिक समावेशीताको अधिकारलाई स्थापित गरेर राष्ट्रपति, उपराष्ट्रपति बन्न सक्ने नीतिदेखि सांसद र स्थानीय तहको जनप्रतिनिधिहरुमा पनि महिला र दलितलाई अनिवार्य समावेश गरेकै हुनुपर्ने नीति संविधानमा नै लिपिबद्ध गराएरपछि अहिलेकोे अवस्थामा आएको हो ।’ घरमा आमा बुझ्ने र राजनीतिक रुपमा अगाडी बढेको अवस्थामा छोरीले पनि समाज र देशको अवस्था बुझ्न सक्ने भएर निस्कने उल्लेख गर्दै उहाँले राजनीतिक रुपमा अगाडी बढेको आमाको छोराछोरीले महिलालाई हेप्न हुँदैन र लैंगिक हिंसा गर्नुहुँदैन भन्ने पाठ सानैबाट सिकेर समाजमा सही सन्देश प्रवाह गर्ने बातावरण सिर्जना हुने उहाँले बताउनुभयो । 

सो क्रममा उहाँले महिलाहरुलाई अधिकार मात्रै मागेर हिड्ने नभई आफ्नो अधिकारी र दायित्व पनि पूरा गर्ने विषयमा सचेत बनाउने काममा समेत  लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । घरको काममा मात्रै केन्द्रित भईरहेका महिलाहरुलाई कुनै पनि गतिविधिमा सहभागिता गराउन पुरुषले बञ्चित गर्न नहुने भन्दै अब घरको काममा दिएको श्रमको पनि मुल्यमा परिणत गर्नुपर्ने र आर्थिक हिसाबमा रुपान्तर गर्न सरकारले व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य गोविन्द बहादुर बटालाले महिलाहरुलाई हरेक गतिविधिमा सहभागिता गराएमा मात्रै समाजमा समानताको अधिकार स्थास्पित गर्न र संस्थागत गर्न सकिने बताउनुभयो । महिलाहरुलाई पनि अधिकारको माग गर्ने र दायित्व पूरा गर्ने कार्यमा अग्रसर नहुने हो भने त्यसको अर्थपूर्ण नहुने बताउँदै त्यसको लागि महिलाहरु नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार