मुख्य समाचार
पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव |

स्थानीय निकाय
पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत

Thearaniko Times 1378+ समाचार ( )
५ असार २०८३, शुक्रबार

पनौती/काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख रामशरण भण्डारीले १९औँ नगरसभामा प्रस्तुत गरेको कार्यक्रमले प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउन डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ। यस अन्तर्गत नागरिकका लागि ‘माइ पनौती एप’ सञ्चालनमा ल्याइनेछ भने वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी प्रणाली लागू गरिनेछ। सुरक्षित डिजिटल सञ्चारका लागि भीपीएन तथा क्लाउड ब्याकअप प्रणाली पनि प्रयोगमा ल्याइने जनाइएको छ।

शिक्षा क्षेत्रतर्फ उच्च अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यावारिधि पूरा गर्ने नगरवासीलाई विशेष सम्मान तथा प्रोत्साहन रकम प्रदान गर्ने नीति लिइएको छ। स्नातकोत्तर तथा एमफिल तहका अनुसन्धान कार्यमा आर्थिक सहयोग गर्ने व्यवस्था पनि गरिएको छ। विद्यालयहरूमा सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिने तथा स्थानीय भाषा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

कृषि क्षेत्रमा स्थानीय उत्पादनको ब्रान्डिङ गर्दै आलु, काउली र दुग्धजन्य उत्पादनको प्रवर्द्धन गरिने भएको छ। कृषकलाई अनुदान, कृषि उपकरण सहयोग तथा पशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै, रेबिज नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सन् २०३० सम्म शून्य मृत्युको लक्ष्य हासिल गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

पूर्वाधार विकासलाई व्यवस्थित बनाउन ठूला योजनाहरू प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गरिनेछ। सडक तथा अन्य संरचनाको डिजिटल अभिलेखीकरण गरिने र संरक्षणका लागि छुट्टै कोष स्थापना गरिने उल्लेख छ। विपद् जोखिम न्यूनीकरणका लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने तथा प्लास्टिकमुक्त नगर अभियानलाई निरन्तरता दिइनेछ।

सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनौतीको ऐतिहासिक दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिने भएको छ। साथै, हराएका ऐतिहासिक मूर्तिहरू फिर्ता ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरिने जनाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूलाई समेटेर दीर्घकालीन पर्यटन योजना पनि तयार गरिनेछ।

स्वास्थ्य क्षेत्रमा नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूको सेवा विस्तार गरिने भएको छ। मानसिक स्वास्थ्य, बालरोग तथा महिला स्वास्थ्य सेवामा विशेषज्ञ पहुँच बढाइनेछ। ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा, निःशुल्क दन्त सेवा तथा मातृ स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरपालिकाले प्रस्तुत नीति तथा कार्यक्रमले पनौतीलाई आधुनिक, व्यवस्थित र नागरिकमैत्री नगरका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार