मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

स्व.शैलजा आचार्यको १५ औँ स्मृति दिवसको अवसरमा विविध कार्यक्रम

Thearaniko Times 1394+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काभ्रे । शैलजा आचार्य आदर्श समाज काभ्रेको  बनेपामा मंगलबार‌ कांग्रेस नेतृ स्व.शैलजा आचार्यको १५ औँ स्मृति दिवस विविध कार्यक्रम गरी स्मृति दिवस मनाएको छ।
शैलजा आचार्य आदर्श समाज काभ्रेको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा महिला हकहितको सवालमा स्व.शैलजा आचार्यले खेलेको प्रेरणादायी भूमिका, मुलुकी ऐनको एघारौँ संशोधन ल्याउनमा गरेको योगदान लगायत प्रतिकूल परिस्थितिमा पनि शैलजाले देखाएको त्याग र बलिदान भावी पिँढीका लागि समेत अनुकरणीय रहेको विषयमा चर्चा गरिएकोे थियो ।

नेपाली कांग्रेस काभ्रेका उपाध्यक्ष रमेश हुमागाई, सचिव माधब ढकाल ,सह सचिब समीर ब्यन्जु, रबिन्द्र सिग्देल, बेथानचाेक गाउँपालिका प्रमुख भगवान अधिकारी, जिल्ला समन्वय समिति प्रवक्ता अप्सरा ढुङ्गाना बनेपा नगर सभापति महेश कर्माचार्य, रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाईं , पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, सचिव सराेज अधिकारी संचारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी,  पत्रकार महांसघ पुर्ब अध्यक्ष नारायण सापकाेटा, प्रेस युनियन प्रदेश सदस्य कपिल काेइराला, बनेपा नगर सचिव याेगराज दाहाल, बेथानचाेक २ का वडाध्यक्ष मधुसुदन तिमल्सिना, बनेपा-३ का वडाध्यक्ष रमेश दाहाल, शिक्षक संघ केन्द्रीय सदस्य नारायण तिमल्सिना, साहित्यकार नबराज शिखर, ट्रेड युनियन बनेपा नगरका सभापति संगम थापा, क्षेत्रिय सदस्य जयराम थापा, बनेपा -११ का सभापति राजेन्द्र थापा, बनेपा ५ का सचिब राजु दाहाल, महिला नेतृ सरिता कार्की, सम्झना कार्की,  विश्व हिन्दु महासंघ काेषाध्यक्ष केशब बडाल लगायतले भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शैलजा आचार्यकाे जीवन सङ्घर्ष र सामाजिक राजनीतिक जीवनका उतारचढाव र याेगदानकाे बारेमा आ-आफ्नो भनाइ राख्नुभएको थियो। उहाँको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरि कार्यक्रम समापन गरिएको थियाे ।

कार्यक्रममा आचार्यको राजनैतिक र सामाजिक व्यक्तित्वको विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना,जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा सिपखान ढुङ्गानालगायतले आचार्यको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईले प्रजातान्त्रीक आन्दोलनकि योद्धा, पहिलो महिला उपप्रधानमन्त्री, असल राजनीतिक व्यक्तित्व भएकाले हामी सवैले अनुसरण गर्न आवश्यक रहेको बताए । उनले आचार्यको योगदानको कदर गर्न उनले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिए।
कार्यक्रममा शैलजा आचार्य आदर्श समाज काभ्रेकि अध्यक्ष मञ्जु आचार्य घिमिरेले शैलजाको राजनीतिक जीवन, उनको जीवनमा आएका राजनीतिक आरोह–अवरोह, नेपालमा प्रजातन्त्र स्थापनामा उनले खेलेको भुमिकाको बारेमा चर्चा गरेकि थिइन् ।
२०१७ साल पुष १ गते राजा महेन्द्रले कांग्रेसको निर्वाचित सरकारलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएपछि तत्कालीन राजालाई कालो झण्डा देखाएर उनी चर्चामा आएकी थिइन् । त्यसपछि जेल परेकी उनको जीवन झण्डै १५ वर्ष जेल र निर्वासनमा बितेको थियो ।
२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भए लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री बनेकी उनले त्यसपछि उपप्रधानमन्त्री र पार्टीको उपसभापतिको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार