मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

जिल्ला सहकारी संघ काभ्रेको ४३ औं साधारणसभा संपन्न
जिल्ला सहकारी संघ काभ्रेको ४३ औं साधारणसभा संपन्न

Thearaniko Times 1369+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

बनेपा/जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकको ४३ औं बार्षिक साधारण सभाको सम्पन्न भएको छ ।

संघका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा भएको बार्षिक साधारण सभामा प्रमुख अतिथि बागमती प्रदेशका सांसद कञ्चन चन्द्र बादे श्रेष्ठले सहकारी संस्थाका ऋण उठाउन आवश्यक कानून बनाउनेबारे प्रदेश सभामा छलफल भइरहेको बताए । पूर्व मन्त्री समेत रहेका बादेले सहकारीमा ऋण नउठेको कारण बचत फिर्ता हुन नसकेकोले त्यसलाई सम्बोधन गर्न कानून निर्माण गर्न प्रदेश सभामा छलफल भइरहेको जानकारी दिए ।

प्रदेश सभा सदस्य बादेले सहकारीहरूलाई नियम कानून मिचेर काम नगर्न सचेत गर्नुहुँदै केही बदनाम सहकारीका कारण सिंगो सहकारी अभियान नै धरासायी हुने चिन्ता बढेको बताउनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सहकारीले भूईमान्छेको पक्षमा काम गर्नुपर्नेमा पछिल्लो समय यस्तो नदेखिएको बताए । केही सिमित मान्छेको मुठ्ठीमा सहकारी पुगेको कारण समस्या आएको उनको भनाइ थियो।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले  सहकारी क्षेत्रमा देखिएको समस्या निराकरणको लागि नगरपालिकाले काम गरिरहेकाे र नगरपालिकाभित्र रहेका २०४ मध्ये एक सयको हाराहारीमा मात्रै सक्रिय रहेको जानकारी दिनुहुँदै बनेपामा रहेका करिब २० देखि २२ प्रतिशत सहकारीमा समस्या रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालले केही सहकारीमा समस्या आएको नाममा समग्र सहकारीलाई आरोप लगाउन नहुने बताए । उनले सहकारी संस्थामा फसेको ऋण उठाउन सरकारी निकाय, जनप्रतिनिधिले पनि आवाज उठाइदिनुपर्ने बताए । बचत कर्ताको बचत सुरक्षित हुने बातावरण बनाउन अनुरोध गर्नुभयो । समुदायमा आधारित सहकारीलाई जोगाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य सुमन नेपालले महिलालाई सहकारीको नेतृत्वमा ल्याउन कन्च्युस्याई गर्न नहुने बताउनुभयो । सबै सहकारीलाई एउटै दृष्टिले नहर्न उहाँको सुझाव थियो ।

कार्यक्रममा संघका अध्यक्ष शर्माले आफ्नो चार वर्षे कार्यकालको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रमको सञ्चालन संघका सचिव निरञ्जन विष्टले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रमपछि भएको निर्वाचनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष अमन पोटे श्रेष्ठ र कोषाध्यक्ष राजन शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।

अमनको प्यानलबाट उपाध्यक्षमा शान्ती लामा, उपाध्यक्ष (महिला) मा मिरा सत्याल, सचिवमा यदुनाथ हुमागाई, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा छन् । अमनको प्यानललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकट सहकारीकर्मीको समर्थन छ ।

राजनको प्यानलबाट उपाध्यक्षमा ठाकूरनाथ अधिकारी, उपाध्यक्ष (महिला) मा राधिका दाहाल घिमिरे, सचिवमा प्रकाश वञ्जारा, कोषाध्यक्षमा हिमाली श्रेष्ठ छन् । एमालेको समर्थनमा राजनको प्यानलले एक्लै प्रतिस्पर्धा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार