मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

गीतकार सरला श्रेष्ठको माटोको महिमा म्यूजिक भिडियो लोकार्पण

Thearaniko Times 1394+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

काठमाडौं : कवि तथा गीतकार सरला श्रेष्ठको रचना तथा नारायण आलीको संगीत, मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर, गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शनिबार ललितपुरमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि गीतकार सरला श्रेष्ठका पिता तथा माता सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठ हुनुहुन्थ्यो। यसैगरी विशेष अतिथि गीतकार किरण खरेल, गीतकार तथा साहित्यकार विश्व बल्लभ, अग्रज साहित्यकार मञ्जुल, कलाकार, गायक, लेखक, निर्देशक मदनकृष्ण श्रेष्ठ, गायिका अन्जु पन्त लगायत संगीतकार, गीतकार, गायक-गायिका र कलाकारहरुको उपस्थिति रहेको थियो।

अन्जु पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको 'माटोको महिमा' गीतले प्रत्येक नेपालीलाई आफ्नो माटोप्रतिको मायामा समर्पित हुन प्रेरित गर्छ । कार्यक्रममा 'माटोको महिमा' गीतको भिडियोलाई विषेशरुपमा प्रर्दशन गरिएको थियो । उक्त गीतको भिडियोलाई ओम प्रकाश अवस्थीले सम्पादन र निर्देशन गरेका हुन् । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले गाएको गीतहरु पनि देखाइएको थियो । 

एस एस क्रियशनको अध्यक्ष तथा गीतकार सरला श्रेष्ठले कार्यक्रमको सभापतित्व गर्नुहुँदै भन्नुभयो -'जीवन भोगाई र बुझाईको संयोग हो । जसले जीवनलाई सही ढंगबाट बुझ्न र अरुलाई बुझाउन सक्छ सायद त्यो जीवन सही अर्थमा सफल र सार्थक हुन्छ जस्तो लाग्छ मलाई । मेरो जीवन पनि यस्तै भोगाई र बुझाईबाट नै दौडिरहेको छ । जीन्दगीका यी उकाली ओरालीहरुमा अनेकौ घटना परिघटनाहरुको सामना गर्दै जादा सायद म पनि कवि तथा गीतकार बने कि ? कहिले काहीँ म आफैं अचम्ममा पर्दछु । सोही क्रममा उहाँले आफ्नो रचना माटोको महिमा सुनाउनुभयो। 

म माटोमा खेल्छु, म माटोमै रम्छु

यो माटो नभए त म कहाँ रहन्छु ।

म माटोमा रोप्छु एक सानो विउ

अँकुर सुन्दर अति सौम्य देख्छु

झाँगिन्छ भोली त्यही सानो अंकुर

साग र सब्जी खुशीले म टिप्छु ।

फुल्दछ फुलहरु रंगी विरंगी

माटोकै मायाले ति हुर्केको देख्छु

सानो झुपडी या भब्य महल

आखिर माटोमै अडेको देख्छु ।

माटो नभए त कहाँ हुन्छ जीवन

सुन्दर यो माटो म हृदयले चुम्छु

महिमा माटोको गाएर के सक्नु

मरेर आखिर म माटोमै मिल्छु ।

कार्यक्रममा गीतकार तथा संगीतकार कृति न्यौपानेले गीतकार सरला श्रेष्ठको रचनाहरुको समिक्षा गर्नुहुँदै १३ वटा गीतमा आफुले संगित भरेको जानकारी दिनुभयो। समिक्षाको क्रममा संगितकार न्यौपानेले भन्नुभयो -सरला श्रेष्ठको गीत लेखनमा रुचि विशेष किसिमको भएता पनि साहित्यका अन्य विधामा पनि उहाँको उपस्थिति दरो छ। श्रेष्ठले सयौँ गीतहरू लेखिसक्नु भएको छ। उहाँका तिन दर्जन भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्। सरला श्रेष्ठको नाम केवल एक गीतकारको रूपमा मात्र चर्चित छैन। कोमल हृदय भएको श्रेष्ठ समाजसेवीहरूको सूचीमा अग्र स्थानमा हुनु हुन्छ।

अर्का वक्ता विश्व बल्लभले पनि सरला श्रेष्ठको बारे चर्चा गर्दै भन्नुभयो -कवि तथा गीतकार सरला पेसाले चिकित्सक हुन् । सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय सरला गीतमा जीवन जगत र सौन्दर्य मन पराउँछिन् । पीडा र दुःखमा लेखेका गीतहरु कालजयी हुने उनको बुझाई रहेको छ । उनका गीतहरुमा आँसु हाँसो जीवन र सौन्दर्यहरु भेटिन्छन् । कुनै घटनाहरुबाट प्रेरित भएर उनले थ्रुपै गीत कविताहरु लेखेकी छन् । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ र अन्जु पन्तले पनि आफ्नो भनाई राख्नुभएको थियो। 

सोही कार्यक्रममा भावनामा पनि, तिम्रो त्यो तस्वीर, तिमीलाई दुखेको बेला, तिमीलाई, केवल दुई आँखाले,  ए मेरो मनको रानी, बताउँथे, जिन्दगीको हजार मोड, थाहा छैन, थाहै नपाई गहिराइमा पुगे लगायतका गीतहरू पनि शनिबार लोकार्पण भएका छन्।

कार्यक्रममा गीतकार श्रेष्ठले उपस्थित प्रमुख अतिथि, अतिथि, गीतकार, संगितकार, एरेन्जर, रेकर्डिष्ट, भिडीयो सिनेमाटोग्राफर, ‘जिन्दगीसंग लड्दा लड्दै’ म्यूजिक भिडियोका बालकलाकारहरुलाई मायाको प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार