मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

रिमरेकको अध्यक्षमा रमेश गौतम निर्वाचित

Thearaniko Times 1372+ समाचार ( )
८ अशोज २०७९, शनिबार

काभ्रे जिल्लाको प्रतिष्ठित गैरसरकारी संस्था स्रोत ब्यबस्थापन तथा सशक्तीकरण केन्द्र ( रिमरेक)को अध्यक्षमा रमेश गौतम निर्वाचित  हुनुभएको छ। 

रिमरेकको आज धुलिखेलमा भएको बाईसौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा रामशरण मिजार, सचिबमा राजन प्रसाद अधिकारी र कोषाध्यक्षमा गार्गी बस्नेतलाइ सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा  दिनेश पण्डित ,चन्द्र बहादुर तामाङ, प्रेमकला पौडेल,मुस्कान श्रेष्ठ  र सरस्वती भुर्तेल सहित ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नबनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन अधिकृत अधिवक्ता मधुसुदन वाग्लेले गर्नु भएको थियो ।

साधारणसभाले कार्यकारी निर्देशक गोकुल गौतमद्वारा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

नबनिर्वाचित अध्यक्ष रमेश गौतमले सुशासन ,पार्दशिता , जवाफदेहीता र नागरिकहरूको अधिकारको बिषयमा खबरदारी र पैरबी गर्ने,स्थापना काल देखि अहिले सम्मका पदाधिकारीहरु,सल्लाहकार ,बुद्धिजीवी र बिषयगत बिज्ञहरु संग बसेर छलफल गर्ने,स्थानीय सरकारहरु संग साझेदार ,समन्वय र सहकार्य गरेर अगाडि बढ्ने,जिल्लामा भएका संघसंस्थाहरु संग उस्तै नहुने गरि प्रस्तावना तयार गरि कार्यक्रम गर्ने,संघसंस्थाहरुलाई आत्मनिर्भर बनाउने, जोखिममा परेका समुदाय लक्ष्यित कार्यक्रम गर्ने,सरोकारवाला निकायहरु संग समन्वय गर्ने साथै संस्थाको भबन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, रिमरेकका पूर्व उपाध्यक्ष एवं पत्रकार मधुसुदन गुरागाईं, पूर्व कोषाध्यक्ष विदुर गौतम लगायत  विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार