मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |
मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

२७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान
२७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान

Thearaniko Times 1073+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काभ्रेपलाञ्चोक / नेकपा (माओवादी केन्द्र) पाँचखाल नगरपालिका वडा नं. १ अनैकोटले आज २७औं सांस्कृतिक प्रतिरोध दिवस संपन्न गरेको छ । २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान गरेको छ ।

सो क्रममा जनयुद्ध कालमा अनैकोटमा सहिद भएका सहिद चिनिमाया लामाका दाजु छ्योईसाङ तामाङ, गुम्बा सिं तामाङका भाइ राजकुमार तामाङ, शुभद्रा सापकोटाका आमा सुशिला सापकोटालगायत जनयुद्धका सहिद परिवार लनाम दोङका दाजु गंगबहादुर तामाङ, प्रेम बराईलीका दिदी ईन्द्रमाया बराइली, सुरज तामाङका बुबा जितबहादुर तामाङ, केदार आचार्यका बुबा यज्ञप्रसाद आचार्य, चन्द्र तामाङका बुबा पुड्के तामाङ, बुद्धिलाल श्रेष्ठका श्रीमती गंगामाया श्रेष्ठ र वेपत्ता योद्धा सगुन श्रेष्ठका श्रीमती दुर्गा श्रेष्ठ लगायतका परिवारलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं चौतारा सागाँचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।


कार्यक्रममा बोल्दै नेता सापकोटाले जनयुद्ध लडेका मान्छेहरुले मात्रै अबको मुलुकको बाँकी कार्यभार पूरा गर्न नसक्ने भएकाले सबै पार्टीहरुभित्र भएका सच्चा गणतन्त्रवादीहरुलाई पनि संगै लिएर विशाल पार्टी निर्माण गरी अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । त्यसको लागि सिंगो पार्टीपंक्तिले त्यस खालको विचार निर्माण गर्दै राजनीतिक कार्यदिशा स्पष्ट पारेर नयाँ ढंगले २१औं शताब्दीको समाजवादी यात्रा तय गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सहिदहरुले पनि त्यसरी नै मार्गदर्शन गरिरहेको उहाँको भनाई थियो ।

आम जनताको सबै किसिमको सुरक्षा गर्ने दायित्व राज्यको हुँदाहुँदै पनि आफ्नो अधिकारको लागि संघर्ष गर्दा बर्बर दमन गर्ने काम त्यतिवेलाका शासकहरुले गरेको कारण त्यसको प्रतिरोधमा उत्रिदै गर्दा राज्यको तर्फबाट दमन भएकै कारण जनता प्रतिरोधमा उत्रनु परेको र त्यसको नेतृत्व माओवादीले गरेको उहाँले बताउनुभयो । जनताले अधिकार सुनिश्चित नगरेसम्म राज्यबाट गर्ने दमनको प्रतिरोध गरिरहने उहाँको भनाई छ ।


सो क्रममा उहाँले सर्वहारा वर्गको मुक्तिका लागि हाँसीहाँसी आफ्नो प्राणको उत्सर्ग गर्ने सहिद नेपाली आम उत्पीडित जनसमुदायका छोराछोरी भएको बताउँदै सात जना कलाकारहरुको सामुहिक हत्या गरेको अनैकोटको भूमिमा हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आउनुले सहिदहरुले गरेको बलिदानीको उच्च सम्मान भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला इञ्चार्ज तेजबहादुर मिजारले सहिदहरुले छोडेर गएको परिवर्तनको बाँकी कार्यभार पूरा गर्न लागेनौ भने अहिले बाँचिरहनुको अर्थ नभएको बताउनुभयो । त्यसरी सहिदले देखाएको बाटोमा लामवद्ध हुने क्रममा देशभरिका दूई सयभन्दा बढी जनसांस्कृतिककर्मिहरुले सहादत प्राप्त गर्नु परेको बताउनुभयो । अब देशमा समाजवादी क्रान्तिको आधार तयार पार्नको लागि माओवादी प्रतिबद्ध रहेको बताउँदै परिवर्तन गर्न नदिनेहरु नै भ्रष्टाचारी र विचौलियाहरु भएको धारणा उहाँले राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का काभ्रेपलाञ्चोक जिल्ला संयोजक भोला अर्यालले जनयुद्धमा सहिद भएकाहरुको परिवारको अवस्था कस्तो छ भन्ने कुराको ख्याल गर्ने र आवश्यक व्यवस्थापन गर्ने काम राज्य र पार्टी दुवैको भएको बताउनुभयो । पार्टीले पनि सहिदको सपना पूरा गर्ने जिम्मेवारीमा लाग्न छोडेर कांग्रेस एमालेलगायतका अरु पार्टी जस्तै भएकोले त्यस्तो छुट माओवादीलाई नभएको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा जनकलाकारहरु विश्व् दोङ, झंकार बुढामगर र गंगा सिंतानलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तत्कालिन जनयुद्धको वेला २०५५ साल चैत ५ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १ (साविक अनैकोट गाविस) स्थित अनैकोटमा एउटा घरमा सेल्टर लिइरहेको अवस्थामा त्यस वेलाका सुरक्षाकर्मीले घर घेरा हाली आगो लगाएर सात जना जनकलाकारहरुको हत्या गरेको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको छ । सात जना जनकलाकारहरुमा च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बा सिं तामाङ, शुभद्रा सापकोटा, निर्मला देवकोटा, डम्बर श्रेष्ठ र मञ्जु कुँवरको तत्कालिन सुरक्षा फौजले घरमा आगो लगाएर सामुहिक हत्या गरेको थियो । जनकलाकारहरुको हत्या गरेको २६ वर्ष पूरा भएर २७ वर्षमा प्रवेश गरेको छ । उक्त दिनको सम्झनामा माओवादी पार्टीले हरेक वर्ष चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाईदै आईरहेको छ । जनयुद्ध कालमा गीत, संगीत र नृत्यको माध्यमबाट आमजनतालाई गाउँबस्तिमा गएर कलाकारहरुले राजनीतिक रुपमा ब्युँझाउने काम गरेका थिए ।  

प्रतिरोध दिवसको अवसरमा नेकपा काभ्रेको श्रद्धाञ्जली कार्यक्रम 

अनैकोट/नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती काभ्रे एवम्  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला समिती काभेको संयुक्त आयोजनामा २७ औ साँस्कृतिक प्रतिरोध दिवसकाे अवसरमा श्रद्धाञ्जली कार्यक्रम अनैकोटस्थित् सहिद स्मारकमा माल्यार्पण गरी सम्पुर्ण वीर सहिदहरुप्रती १ मिनेट मौनधारण गरियो । 


कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार द्वय कमरेड दिपक जङ्गम सी, सिद्दिबहादुर सी, केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज कमरेड बिन्दु सी, केन्द्रीय सदस्य एबम जिल्ला सेक्रेटरी कमरेड जितबहादुर सी, केन्द्रीय प्रतिनिधि समिती सदस्य कमरेड पुर्णमान सी,  त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय एबम जिल्ला स्तरका नेताहरुको सहभागितामा बेपत्ता योद्धा एबम घाईते कमरेडहरुप्रति स्मरण र सम्मान प्रकट गरिएको थियो ।


कार्यक्रममा वीर सहिदहरुले देखाएको बाटोमा अघि बढ्दै सहिदहरुको सपना साकार पार्ने प्रतिबद्धता गरियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार