मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
नेकपा परित्यागको घोषणा : केन्द्रीय सदस्य दीपक जंगमद्वारा पार्टी नेतृत्वमाथि गम्भीर आरोप

Thearaniko Times 1394+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दीपक जंगमले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनले पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरवाद, विधि–प्रक्रियाको उल्लङ्घन र सिद्धान्तविपरीत गतिविधिका कारण पार्टी छोड्न बाध्य भएको बताएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई सम्बोधन गरी बुझाइएको पत्रमार्फत जंगमले देशको विषम राजनीतिक परिस्थितिमा एकीकृत समाजवादको पहल भएको भए पनि व्यवहारमा पार्टी नेतृत्व स्वार्थकेन्द्रित र व्यक्तिवादी दिशातर्फ गएको आरोप लगाएका छन्।

उनले आफू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता प्रक्रियामा सक्रिय रूपमा सहभागी भई बागमती प्रदेशको संयोजकका रूपमा कार्यरत रहँदा पनि पार्टीले आफूलाई समानुपातिक उम्मेदवारको सूचीबाट बिना जानकारी र सहमति हटाएको उल्लेख गरेका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेदवार सूचीमा आफ्नो नाम नसमेटिनु नेतृत्वको नियतपूर्ण र विधिविपरीत निर्णय भएको जंगमको भनाइ छ।

पत्रमा उनले पार्टीभित्र रहने इमानदार कार्यकर्ताहरूको भावना कुल्चिएको, संगठन, विधि र सिद्धान्तभन्दा देवत्वकरणतर्फ पार्टी उन्मुख भएको गम्भीर आरोप लगाएका छन्। सह–संयोजक ज्यूहरू व्यक्तिगत आक्रोशको भरमा निर्णय गर्ने, गुट–उपगुटलाई प्रश्रय दिने र हस्ताक्षर गर्ने पदको लोभमा नैतिकता गुमाएको जंगमको टिप्पणी छ।

आत्मसम्मान, नैतिकता र राजनीतिक मूल्य–मान्यताको आधारमा यो कठिन निर्णय लिनु परेको जनाउँदै उनले अब नेपाली कम्युनिष्ट पार्टीसँग कुनै पनि तहमा संलग्न नरहने स्पष्ट पारेका छन्। जंगमले केन्द्रीय सदस्य, कानुन, न्याय तथा मानवअधिकार विभाग, बागमती प्रदेश लगायत पार्टीका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरेका हुन्।

उक्त पत्रको बोधार्थ बागमती प्रदेश कमिटी, समानुपातिक उम्मेदवार सिफारिस समिति तथा काभ्रे जिल्ला समितिलाई पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार