मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रेमा कफी खेती गर्ने किसानलाई अनुदान

Thearaniko Times 1394+ समाचार ( )
२४ वैशाख २०८०, आइतबार

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरूवातमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो ।

उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार चालू आवमा रु. ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट कृषकलाई थप ३५ हजार बिरुवा वितरण गर्ने तथा नर्सरी प्रवद्र्धनमा लगानी गरिने छ ।

गाउँपालिकाले यस वर्ष ३५ हजार केजी कफी उत्पादन हुने अनुमान गरेकामा १५ हजार ९३ केजी मात्रै उत्पादन भएको जनाएको छ । ‘समूहभन्दा बाहिर रहेका किसानलाई समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौं’ अध्यक्ष थिङले भने । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

गाउँपालिकाले उत्पादन भएमध्ये एक किलो बराबर रु ३५ कृषकलाई अनुदान दिने निर्णय गरेको छ । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए । वार्षिक पाँच सय केजी कफी उत्पादन गरेका उनले यसबाट वार्षिक तीन लाख रुपैयाँ आन्दानी गर्दै आएका छन् ।

यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कफी कृषकले अनुदान पाएका छन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार सो समूहले तीन हजार एक सय ६९ केजी कफी उत्पादन गरेको थियो ।

यस्तै फलामेटार कफी उत्पादक समूहले पाँच सय ५८ केजी, महादेवटार कृषक कफी समूहले एक हजार पाँच सय ९८ केजी, कोदाखरिया कफी उत्पादक सहकारी संस्थाले दुई हजार चार सय पाँच केजी, चाकल भीमसेन कृषक समूहले दुई सय ६४ केजी, दीपज्योति कृषक समूहले आठ सय ८४ केजी, सानुखोला कफी कृषक समूहले एक हजार आठ सय ८४ केजी, सिमलटार जनएकता कृषक समूहले एक हजार सात सय ८५ केजी, मन्जुश्री कृषक समूहले दुई हजार छ सय २३ केजी र साल्मे कृषक समूहले तीन सय सात केजी कफी उत्पादन गरेको जनाइएको छ ।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार