मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

साहित्य र कला
स्व. कृष्णचन्द्रसिंह प्रधानको शतवार्षिकीमा आत्मपरक निबन्ध गोष्ठी

Thearaniko Times 1372+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

ललितपुर । नेपाल स्रष्टा समाजले आत्मपरक निबन्धलाई केन्द्रमा राखेर बृहद निबन्ध गोष्ठी सम्पन्न गरेको छ । समाजको १९औँ स्थापना दिवस तथा चर्चित निबन्धकार स्वर्गीय कृष्णचन्द्रसिंह प्रधानको शतवार्षिकीको अवसर पारेर उक्त गोष्ठी आयोजना गरिएको हो ।

बिहीबार लिटिल एन्जल्स स्कूलको सह–आयोजनामा सम्पन्न कार्यक्रममा समकालीन निबन्धकारहरूले आ–आफ्ना आत्मपरक निबन्ध वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार डा. माधव पोखरेलले निबन्ध वाचन गर्दै निबन्ध विधा नेपाली साहित्यमा अपेक्षित ध्यान नपाएको धारणा व्यक्त गरे । उनले निबन्धलाई केन्द्रमा राखेर गोष्ठी तथा कार्यशाला सञ्चालन गर्नु समयको आवश्यकता भएको बताए ।

त्यसैगरी ‘वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृत्ति’ विषयमा वरिष्ठ समालोचक प्रमोद प्रधानले विचार प्रस्तुत गर्दै नेपाली निबन्ध लेखनको आधुनिक चरणमा दुई धार देखा परेको उल्लेख गरे । उनका अनुसार २०७० सालपछिका वर्षहरूमा आत्मपरक निबन्ध लेखनमा उल्लेख्य वृद्धि देखिएको छ । उनले आत्मपरक निबन्धलाई निश्चित परिभाषाभित्र बाँध्न कठिन रहेको पनि बताए ।

गोष्ठीमा बोधराज पौडेल, विष्णुबहादुर जिसी, भागवत खनाल, रञ्जना निरौला, श्रीबाबु कार्की, ज्ञानु अधिकारी, डा. चेतनाथ कँडेल ‘हरित’, डा. मानसाग्नी, ज्ञानेन्द्र विवश, भिष्म उप्रेती, डा. खगराज बराल, डा. रजनी ढकाल, प्रा.डा. ज्ञानु पाण्डे, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मञ्जुल, मुकुन्दराज शर्मा लगायत निबन्धकारहरूको सहभागिता रहेको थियो ।

वाचन गरिएका निबन्धमाथि समालोचक डा. जीवराज बस्यालले टिप्पणी गर्दै ती निबन्धहरू निजात्मक अनुभूति र भावनात्मक संवेदनाले भरिएका रहेको बताए । उनले केही निबन्धहरू कवितात्मक चेत र स्मृतिबिम्बको सशक्त प्रयोगले विशेष बनेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल स्रष्टा समाजकी सदस्य रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सह–आयोजक लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल तथा निबन्धकार मुकुन्दराज शर्माले पनि आफ्ना विचार राखेका थिए ।

गोष्ठीको अध्यक्षता समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य प्रदीप सापकोटाले गरेका थिए । कार्यक्रममा निबन्धकार तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल स्रष्टा समाजको स्थापना दिवसको अवसरमा तीन दिनसम्म विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने क्रममा यो आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार