मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

क्यान्सर, मृगौला लगायतका रोगीको वृद्धि दरलाई कम गर्न नसके राज्यले सहयोग गर्न नसक्ने - स्वास्थ्य मन्त्री पौडेल
क्यान्सर, मृगौला लगायतका रोगीको वृद्धि दरलाई कम गर्न नसके राज्यले सहयोग गर्न नसक्ने - स्वास्थ्य मन्त्री पौडेल

Thearaniko Times 1394+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीय सभा बनेपामा सम्पन्न भएको छ । ४८ जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त केन्द्रीय सभाको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नुभएको थियो।

स्वास्थ्य मन्त्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य बिमाको रकम रु. ५ लाख पुर्याउन तयारी गरिरहेकाे बताउनुभयो। मन्त्री पौडेलका अनुसार हालको स्वास्थ्य बीमा कार्यक्रमले नै नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याइरहेको छ। यसलाई थप प्रभावकारी बनाउन बीमाको सीमा हालको एक लाखबाट पाँच लाख रुपैयाँ पुर्‍याउने योजनामा सरकार क्रियाशील रहेको उनले बताए। 

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन आइसकेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए। प्रतिवेदनमा स्वास्थ्य बीमालाई पाँच लाखसम्म पुर्‍याउने आधारदेखि बीमालाई सुधार गर्न सकिने विभिन्न विषयहरुलाई विस्तृतमा दिइएको मन्त्री पौडेलले बताए। उनले सुझावलाई प्राथमिकिकरण गर्दै तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालको कार्ययोझना अनुसार कार्यान्वयनमा लैजाने पनि जानकारी दिए।

क्यान्सर रोगलाई सरकारले रु १ लाख सहयोग गर्दै आएकोमा यसलाई बढाउनुपर्ने माग आएकोमा स्वास्थ्य मन्त्रालय विचारविमर्शमा रहेको मन्त्री पौडेलले बताउनु भयाे। अहिलेकै जस्तो रोग बढ्दै गएमा सरकारले कुनै पनि उपचारमा सहयोग गर्न नसक्ने अवस्थामा पुग्ने बताउँदै अब रोग लाग्न नदिन सबै सचेत हुनुपर्नेमा स्वास्थ्य मन्त्री पौडेलले जोड दिनुभयो। सरकारी सहयोगको पैसा धेरै किड्नी रोगीमा गए पनि बिरामीको संख्याको कुरा गर्ने हो भने सहायता लिनेमा पहिलो नम्बरमा क्यान्सर रोगी रहेकाे उहाँले जानकारी दिनुभयो।

नेपाल अबुर्द रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा पुर्व अध्यक्षहरु लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर), जीतबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु हुँदै क्यान्सर रोगको उपचार निःशुल्क गर्न माग गर्दै तत्काल निःशुल्क गर्न नसकिए क्यान्सर रोगीको उपचारमा कम्तीमा पाँच लाख आर्थिक सहायता प्रदान गर्न सरकारसँग आग्रह गर्नुभएको थियो। सभाको बन्द सत्रले नयाँ नेतृत्व गर्ने चयन गर्ने छ।

भक्तपुर क्यान्सर अस्पताल औपचारिक सरकारलाई हस्तान्तरण 

नेपाल अबुर्द रोग निवारण संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर क्यान्सर अस्पताल आजबाट विधिवत् रुपमा संघीय सरकारलाई हस्तान्तरण गरिएको छ। नेपाल अबुर्द रोग निवारण संस्थाको ३४ औ केन्द्रीय सभाको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई एक प्रमाणपत्र दिंदै केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले हस्तान्तरण गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि आज औपचारिक हस्तान्तरण गरेकाे बताइयो।

मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।

यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्र्तगत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्ति विकासमा काम गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार